top of page
अग्लो स्थानबाट खचिएको पिरामिड अन्तर्राष्टरिय ल्याबोरेटरीको दृश्य । तस्बिर सौजन्य: काजी विष्ट

हिउँमा परित्यक्त एउटा पिरामिड

दातृ निकायसँग बजेटको विषयमा कुरा नमिल्दा संसारकै सबैभन्दा उच्चतम् उचाइमा रहेको प्रयोगशालाको भविष्य अन्योलपूर्ण

 

Read in English

 

वर्षको १० महिना, काजी विष्ट विश्वको सबैभन्दा उचाईमा रहेको हिमनदी नजिकै अवस्थित पिरामिडभित्र बस्छन् ।


१६ हजार ५ सय ६८ फिट अग्लो नेपालको लोबुचे हिमाल(५०५० मिटर) र खुम्बु हिमनदीबाट ढुंगा फ्याक्दा पनि पुग्ने दुरीमा रहेको त्यो ठाउँको अधिक्तम तापक्रम वर्षको आधा समय शुन्य डिग्री भन्दा कम हुन्छ । जसको कारण दैनिक जीवन निकै कठिन छ । त्यहाँ रहेको स्टिल, आल्मुनियम र सिसाबाट निर्मित संरचना हुँदै हावाको झोका वहने गर्छ । निमेषभरमै मौसममा परिवर्तन देखिन्छ : कालो बादल देखिन्छ भने कहिले वर्षा हुन्छ र कहिले कुनै पूर्व संकेत विना नै ठूलो परिणाममा हिउँ पर्नसक्छ । सफा आकाश देखिनु भाग्यको कुरा हो ।


हिमपातपछिको पिरामिड । (तस्बिर सौजन्यः काजी विष्ट)

त्यो प्रतिकुलतालाई तीनतिरबाट प्रत्येक पाटो (४३.४ फिट/१३ मिटर) र (८.४ मिटर/२६.६ फिटको) उचाई भएको ज्यामितीय आकारको पिरामिडबाट सुरक्षा र प्रतिरोध प्राप्त गर्ने विष्ट भाग्यमानी हुन् । त्यो सन् २०१५ को नेपालको भूकम्प तथा त्यसपछि सगरमाथा आधार शिविरलाई बगाउने गरि निरन्तरको हिम पहिरोमा ठिङ्गै उभिएको छ । त्यहाँ उच्च भूभागको अर्ध स्थायी विश्वको पहिलो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेसनल ल्याब्रोटरी/अब्जर्भेटरीमा आफूलाई प्रयोग गर्न पर्याप्त हुने ऊर्जा प्रणालीका साथसाथै वैज्ञानिक उपकरणले भरिपूर्ण प्रयोगशाला रहेको छ ।


एक समयमा यहाँ दुई व्यवस्थापक, एक निरीक्षक (सुपरभाइजर) र ११ जना कर्मचारीको समूहले दैनिक कार्य सम्पादनको नियमित रुपमा जाँच गर्ने गरेका थिए । अफसोस, सन् २०१५ देखि पिरामिड बन्द छ ।

हिमालको वातावरण, जलवायु, वायुमण्डलीय प्रदुषण, शरीर विज्ञान, भूगर्भ र जैविक विविधताको बारेमा अध्ययन गर्न अन्तर्राष्ट्रिय समुदायका लागि यो प्रयोगशाला एउटा विशिष्ठ वैज्ञानिक स्रो