हिउँमा परित्यक्त एउटा पिरामिड
top of page
अग्लो स्थानबाट खचिएको पिरामिड अन्तर्राष्टरिय ल्याबोरेटरीको दृश्य । तस्बिर सौजन्य: काजी विष्ट

This story features Beeline Reader for enhanced readability. Click to turn the feature on or off. Learn more about this technology here.

हिउँमा परित्यक्त एउटा पिरामिड

दातृ निकायसँग बजेटको विषयमा कुरा नमिल्दा संसारकै सबैभन्दा उच्चतम् उचाइमा रहेको प्रयोगशालाको भविष्य अन्योलपूर्ण

 
 

वर्षको १० महिना, काजी विष्ट विश्वको सबैभन्दा उचाईमा रहेको हिमनदी नजिकै अवस्थित पिरामिडभित्र बस्छन् ।


१६ हजार ५ सय ६८ फिट अग्लो नेपालको लोबुचे हिमाल(५०५० मिटर) र खुम्बु हिमनदीबाट ढुंगा फ्याक्दा पनि पुग्ने दुरीमा रहेको त्यो ठाउँको अधिक्तम तापक्रम वर्षको आधा समय शुन्य डिग्री भन्दा कम हुन्छ । जसको कारण दैनिक जीवन निकै कठिन छ । त्यहाँ रहेको स्टिल, आल्मुनियम र सिसाबाट निर्मित संरचना हुँदै हावाको झोका वहने गर्छ । निमेषभरमै मौसममा परिवर्तन देखिन्छ : कालो बादल देखिन्छ भने कहिले वर्षा हुन्छ र कहिले कुनै पूर्व संकेत विना नै ठूलो परिणाममा हिउँ पर्नसक्छ । सफा आकाश देखिनु भाग्यको कुरा हो ।


हिमपातपछिको पिरामिड । (तस्बिर सौजन्यः काजी विष्ट)

त्यो प्रतिकुलतालाई तीनतिरबाट प्रत्येक पाटो (४३.४ फिट/१३ मिटर) र (८.४ मिटर/२६.६ फिटको) उचाई भएको ज्यामितीय आकारको पिरामिडबाट सुरक्षा र प्रतिरोध प्राप्त गर्ने विष्ट भाग्यमानी हुन् । त्यो सन् २०१५ को नेपालको भूकम्प तथा त्यसपछि सगरमाथा आधार शिविरलाई बगाउने गरि निरन्तरको हिम पहिरोमा ठिङ्गै उभिएको छ । त्यहाँ उच्च भूभागको अर्ध स्थायी विश्वको पहिलो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेसनल ल्याब्रोटरी/अब्जर्भेटरीमा आफूलाई प्रयोग गर्न पर्याप्त हुने ऊर्जा प्रणालीका साथसाथै वैज्ञानिक उपकरणले भरिपूर्ण प्रयोगशाला रहेको छ ।


एक समयमा यहाँ दुई व्यवस्थापक, एक निरीक्षक (सुपरभाइजर) र ११ जना कर्मचारीको समूहले दैनिक कार्य सम्पादनको नियमित रुपमा जाँच गर्ने गरेका थिए । अफसोस, सन् २०१५ देखि पिरामिड बन्द छ ।

हिमालको वातावरण, जलवायु, वायुमण्डलीय प्रदुषण, शरीर विज्ञान, भूगर्भ र जैविक विविधताको बारेमा अध्ययन गर्न अन्तर्राष्ट्रिय समुदायका लागि यो प्रयोगशाला एउटा विशिष्ठ वैज्ञानिक स्रोत हो । अहिलेसम्म, १ सय ४३ फरक संस्थाका २ सय ५० जना अनुसन्धानकर्ताहरुले ५ सय ३० वटा भन्दा बढी अनुसन्धान गरिसकेका छन् । एक समयमा यहाँ दुई व्यवस्थापक, एक निरीक्षक (सुपरभाइजर) र ११ जना कर्मचारीको समूहले दैनिक कार्य सम्पादनको नियमित रुपमा जाँच गर्ने गरेका थिए ।


कम्मरसम्म आइपुग्ने हिउँमा काजी विष्ट । (तस्बिर सौजन्यः काजी विष्ट)

अफसोस, सन् २०१५ देखि पिरामिड बन्द छ । त्यो भवन र प्रयोगशालाको उपकरणहरुको हेरचाह एक्ला प्रबन्धक विष्टले गरेका छन् । ‘यो प्रयोशालामा अनुसन्धानकर्ता वा विद्यार्थीहरुको छैनन् । प्रयोगशाला खाली छ ।


‘मैले यहाँको उपकरण तथा प्रयोगशालाहरुको हेरचाह मात्रै गर्दै आएको छु’ खुम्बुको क्याबिनबाट बिष्टले प्रष्ट पारे ।


 

के सगरमाथा पृथ्वीको साँच्चै सर्वोच्च हिमाल हो ?


सन् १९८७ मा वासिंगटन विश्वविद्यालयका डा जर्ज वालेस्ट्रेनले आफ्नो मापनको गणना सार्वजनिक गर्दै पृथ्वीको सबैभन्दा अग्लो हिमालमा सगरमाथालाई के–टू ले छायाँमा पार्न सक्ने घोषणा गरे । यो दुस्साहासी दाबीले अन्तर्राष्ट्रिय वैज्ञानिक तथा पर्वतारोहण समुदायमा हलचल ल्यायो । त्यसको प्रतिक्रिया रुपमा इटलीका भेट्रान पर्वतारोहीहरु अगस्टिनो डा पोनेन्जा र मिलान विश्वविद्यालयका प्रोफेसर इमिरेट्स एड्रिट डेसिओले सगरमाथा र ‘के टू’को उचाई जाँच गर्ने चुनौती लिए । इटालियन नेसनल रिसर्च काउन्सिल (सीएनआर)सँगको सहकार्यमा ‘इभी-के टू-सीआरएन प्रोजेक्ट’ स्थापना गरेका यी दुई जनाले सगरमाथा वास्तवमै अग्लो भएको पुष्टी मात्रै गरेनन् उनीहरुले उच्च भूभागको नवप्रवर्द्धन र अनुसन्धानका लागि स्थायी, महत्वकाक्षी, अत्याधुनिक सुविधायुक्त प्रयोगशाला चीनमा निर्माण गर्ने निर्णय पनि गरे ।


तपाईले ठिकै पढ्दै हुनुहुन्छ, पिरामिड नेपालका लागि थिएन । त्यस समयमा यो सगरमाथाको उत्तरतर्फको भिरालो तिब्बतको तिङग्री उपत्यकामा निर्माण गर्ने योजनासहित सीआरएन र चाइन एकेडेमी अफ साइन्सबीच सम्झौतामा हस्ताक्षर पनि भएको थियो । उद्घाटनको दिन नजिकिदैँ गर्दा तेयानम्यान स्क्वायरको प्रदर्शन र सन् १९८९ जुन ४ मा भएको नरसंहारपछि प्रयोगशाला सञ्चालनमा ल्याइएन । डेसिओले चाँडै नै सगरमाथाको उत्तरी भिरालोबाट त्यसलाई दक्षिण भिरालो लोबुचेमा सार्ने घोषणा गरे ।


पिरामिड इन्टरनेसनल ल्याब्रोटरीको स्थापनाको कठिन इतिहास र नेपाली भाग्यको परिवर्तन पनि प्रजातान्त्रिकरण तथा ज्ञानको आदानप्रदानको अभूतपूर्व लहरको समयसँगै भयो । चीनमा शान्तिपूर्ण प्रदर्शनमाथि दमन र रक्तपात अन्त्य भएता पनि पूर्वी युरोपको कम्युनिष्ट शासन एकपछि अर्को गर्दे ढल्दै गयो । पोल्यान्ड, हंगेरी, पूर्वी जर्मनी, चेकोस्लोभाकिया र बल्गेरियामा स्वेच्छचारी शासनले शक्ति गुमायो । असीको अन्तिम साता शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनाष्ट)का पहिलो उपकुलपति रत्नशम्शेर जबरा र सीएनआरका अध्यक्ष एल रोशी बेर्नादीले दुवै संस्थाहरुबीच वैज्ञानिक सहकार्यलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले सम्झौतामा हस्ताक्षर गरे । त्यसै समयमा रोमानियाका कम्युनिष्ट नेता निकोलाई चाउचेस्कु र उनको पत्निलाई क्रान्तिकारीहरुले मृत्युदण्ड दिएका थिए र चेकोस्लोभाकियामा भाल्सा भावेल पहिलो प्रजातान्त्रिक राष्ट्रपतिमा रुपमा निर्वाचित भएका थिए ।


पिरामिड इन्टरनेसनल ल्याब्रोटरीको स्थापनाको कठिन इतिहास र नेपाली भाग्यको परिवर्तन पनि प्रजातान्त्रिकरण तथा ज्ञानको आदानप्रदानको अभूतपूर्व लहरको समयसँगै भयो ।

राजा वीरेन्द्रले बहुदलीय निर्वाचनको मागलाई स्वीकर गरेको भोलिपल्ट सन् १९९० को अप्रिल ९ गते काठमाडौंको असनमा निकालिएको जुलुशमा विजयको संकेतसहित उफ्रदै विद्यार्थी दुर्था थापा । राजाले उक्त मागलाई स्वीकार गरेको अघिल्लो दिन ‘नेपलामा उच्च हिमाली अनुसन्धान परियोजना’ सम्बन्धी सम्झौतामा हस्ताक्षार भएको थियो । (तस्बिरः मिनरत्न बज्राचार्य/विकिमिडिया कमन्स । )

नेपाल त्यसबाट अछुतो रहन सकेन दुई समूह प्रजातान्त्रवादी तथा प्रतिबन्धित सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र कम्युनिष्ट तथा वामपन्थीहरुको संयुक्त वाममोर्चाले बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि आफ्नो प्रकारको अहिंसात्मक क्रान्ति जनआन्दोलनको सुरुवात गरे । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सुरुवात भएको आन्दोलनमा प्रदर्शन तथा आमहड्तालहरु आयोजना हुँदै र बढ्दै जाँदा एक समयमा राजधानीमा करिब २ लाख मानिस राजाको विरुद्ध उत्रिए । यो संख्या नेपालको जनसंख्याको १ प्रतिशत थियो ।


प्रजातान्त्रवादी शक्तिले २०४६ चैत २६ गते जिते जबक इटलीको छिमेकी स्लोभानियाले दोस्रो विश्वयुद्धपछि पहिलो पटक प्रत्यक्ष र प्रजातान्त्रिक निर्वाचन आयोजना गरेको थियो र नेपालका राजा वीरेन्द्रले राजनीतिक दलहरुमाथि ३० वर्षदेखि लाग्दै आएको प्रतिबन्ध हटाएका थिए । पूर्व युगोस्लोभाकिया र हिमाली अधिराज्य नेपालमा एकतन्त्रीय शासनलाई अन्त्य गरेको थियो । त्यसको दुई दिनपछि ‘नेपालमा उच्च भूभाग परियोजना’ सञ्चालन सम्बन्धी परिशिष्ट सम्बन्धी सम्झौतामा रोनास्टमा सदस्य सचिव नरेन्द्रबहादुर सिंह र ‘ईभी के टु कमिट’का अध्यक्ष डा पोनेन्जाले हस्ताक्षर गरेका थिए ।


त्यसै वर्षको अक्टोबरमा नेपाली कांग्रेस संस्थापक तथा जनआन्दोलनको नेतृत्व गरेका पूर्व राजनीतिक बन्दी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले व्यस्तताको बाबजुद चमकमाउँदो पिरामिडको उद्घाटनका लागि लोबुचे चढेका थिए । उनसँगै हाल ९३ वर्ष भएका डेसिओ साथमा थिए । त्यसपछि भट्टराई एक महिनापछि घोषणा हुने संविधानको समीक्षाका लागि काठमाडौं आए र ‘विज्ञान तथा प्रविधिक विकास’लाई प्राथमिकतामा राख्ने भाषा थप्न लगाए । त्यसैले आगामी दुई दशक नवप्रवर्द्धनका लागि काम गर्नुपर्ने थियो ।


 

जाडो याममा पिरामिड ल्याब र सँगै रहेका लजहरू । (तस्बिर सौजन्यः काजी विष्ट । )

पिरामिड ल्याबलाई ३ भागमा विभाजन गरिएको छ । यहाँ सानोदेखि ठूला प्रयोगशालाहरु, रेडियो र स्याटलाइट सञ्चार प्रणाली राखिएका छन् । पहिलोमा रेस्टुरेन्ट र दुई वटा ठूलो प्रयोगशाला र एउटा रसायन विश्लेषण इकाई छ, दोस्रोमा मध्यम आकारको प्रयोगशालाहरु र हाइपरबारिक कक्ष छ र तेस्रो डेटा प्रशोधन, दूरसञ्चार तथा व्यवस्थापनका लागि छुट्टाइएको छ । प्रयोगशालाको दक्षिणतर्फ २० जनासम्म अनुसन्धानकर्ता, प्राविधिक तथा बस्दोबस्तीका कर्मचारी एक्लाएक्लै बस्न मिल्ने इकाइहरु छन् । त्यो प्रयोगशालाले स्वचालित मौसम केन्द्रहरु सञ्चालन गर्दै आएको छ र डेटा दीर्घकालसम्म प्राप्त भइरहने सुनिश्चितता गरेको छ । तरपनि कोभिडको कारण सो क्षेत्रमा कोही पनि प्राविधिक जान नसकेको कारण एक वर्ष त्यो अवरुद्ध भएको थियो ।


त्यो प्रतिकुलतालाई तीनतिरबाट प्रत्येक पाटो (४३.४ फिट/१३ मिटर) र (८.४ मिटर/२६.६ फिटको) उचाई भएको ज्यामितीय आकारको पिरामिडबाट सुरक्षा र प्रतिरोध प्राप्त गर्ने विष्ट भाग्यमानी हुन् । त्यो सन् २०१५ को नेपालको भूकम्प तथा त्यसपछि सगरमाथा आधार शिविरलाई बगाउने गरि निरन्तरको हिम पहिरोमा ठिङ्गै उभिएको छ ।

डा गिआन्नी तार्टारी नेसनल रिसर्च काउन्सिलको इटालियन वाटर रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता हुन् । इमेल अन्तर्वार्तामा उनले डेसिओ र डे पोनेन्जा पहिलो पटक सन् १९८९ मा अनुसन्धान अभियानको सुरुदेखि नै हाइड्रोकेमिकल अध्ययनको नेतृत्व सुरु गरेको बताए । त्यस समयमा तिब्बतबाट अनुसन्धान नेपालतर्फ सार्दाको छिनाछप्टी काल थियो । उनले हिमाल हिमनदी तथा पोखरीकी पानी साथै मानवजनित वायु प्रदुषण तथा जलवायु परिवर्तनले कसरी तेस्रो ध्रुवका लागि खतरा बनेको छ बारेमा महत्वपूर्ण अध्ययन गरेका थिए ।


‘वातावरणीय अनुसन्धानका साथै शरीर विज्ञानको महत्वपूर्ण अतिरिक्त भौगोर्भिक, पर्यवरणीय र पछिल्लो समयमा हिमनदी तथा वायुमण्डलिय अनुसन्धानहरु लामो समयदेखि हुदै आउनुका साथै वायु गुणस्तर मापन प्रयोगशालामा महत्वपूर्ण स्थापना पनि भएको छ,’ उनले भने ।


पृष्ठभूमिमा पिरामिड ल्याब देखिने गरी न्यानो समयमा क्यामेरामा कैद भएको याक । (तस्बिर सौजन्यः काजी विष्ट ।)

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) त्यसको पूर्ववर्ती रोनास्ट र ‘ईभी-के टु-सीएनआर कमिटीले पिरामिड ल्याब्रोटरी तथा अब्जर्भेटरीको संयुक्त रुपमा व्यवस्थापन गर्दै आएका थिए । ‘ईभी-के टु - सीएनआर परियोजन' इटाली सरकारको प्राविधिक वैज्ञानिक आयोगको सल्लाह सञ्चालन गर्दे आएको सीएनआरले ल्याब सञ्चालनका लागि करिव करिव सबै रकम लगाउँदै आएको थियो । बजेट सम्बन्धी विषयलाई लिएर सीएनआरले ‘इभी-के टु-सीएनआर’लाई रकम दिन छाडेपछि पिरामिड सहज ढंगले चल्न छाड्यो ।


नास्ट र ‘इभी-के टु- सीएनआर कमिटी’बीच १९९० मा भएको सम्झौतामा परियोजना सम्पन्न भए वा एउटा साझेदारले संयुक्त अनुसन्धान कार्य अघि बढाउन सहमत नभएमा पिरामिड नास्टलाई हस्तान्तरण गर्ने निर्धारण गरिएको थियो । तर नेपाली अधिकारीहरुले पिरामिड बन्द भएको विषयलाई गम्भीरतापूर्वक लिएको देखिदैन ।


२० हजार अमेरिकी डलर अभियान र वैज्ञानिकहरुलाई ३ हजार अमेरिकी डलर अनुसन्धान ग्रान्ट, रातिको वाष्पिकरणसहित ‘इभी-के टु-सीएनआर’ले रकम वार्षिक रुपमा नास्टलाई बुझाउने गरेको थियो । निजी सम्पत्तिमा राखिएको स्टेसनको भाडाको रकम बुझाउन बाँकी छ । विष्टलाई २०१५ देखि तलब दिइएको छैन र ‘इभी-के टु-सीएनआर’ संस्थाका सदस्यहरुले निकै कम क्षमतामा सो अब्जर्भेटरीलाई सञ्चालन गर्नका लागि समय र रकम लगाएका छन् ।


पिरामिड ल्याबमा काम गर्दै काजी । (तस्बिर सौजन्यः काजी विष्ट ।)

पिरामिडमा कर्मचारी र काम गर्ने समूहले छाडेका छन, कम्प्युटर, रेडियो र एभरेष्ट वेबक्याम सबै बन्द छन् ।


गत अप्रिलमा सीएनआरका प्रमुख प्राविधिक निर्देशक तथा इन्जिनियर पिटर भेर्जा ल्याब पुगेका थिए र मर्मतको काम गरेका थिए । ल्याब बन्द भएपछि, उन आफ्नै इच्छाले उपकरणको मर्मत र जाँचका लागि वर्षैपिच्छे आउने गरेका थिए ।


‘मैले वर्षमा दुई पटक उपकरण जाँच गर्ने गर्दथे । कोभिडको कारण त्यसलाई परिवर्तन गर्नुपर्‍यो’ उनले भने, ‘भ्रमणमा मैले पुरानो सेन्सरहरुलाई प्रतिस्थापन गरे र नयाँ एउटा स्टेसनहरुमा थपे । सबै मौसम मापन केन्द्रहरुका उपकरणहरुलाई व्यवस्था गरे । नाम्चे स्टेसन (११,७१३ फिट/३५७० मिटर) अहिले सञ्चालनमा छ । कालापत्थर स्टेसन (१८,३७२ फिट/५,६०० मिटर)लाई बनाइयो र फेरिचे स्टेसन (१३,९७६ फिट/४,२६० मिटर)लाई पूर्ववत अवस्थामा ल्याइयो ।’ मौसम मापन केन्द्रहरुमा नयाँ डेटा लगरहरु राखियो साथसाथै जीपीएस उपकरण पनि ।


पुमरी हिमाल (२३,४५८ फिट७,१५० मिटर)को लाइभ वेबम्याक अहिले सञ्चालनमा आएको तर सगरमाथाको लाइभ भिडियो देखाउने काला पत्थरको वेबक्याम भने अहिले पनि उपकरणमा आएको समस्याको कारण बिग्रिरहेको छ । न्युन मोबाइल नेटवर्क फ्रिक्वेन्सीको कारण मौसम मापन केन्द्रबाट सिधै डेटा डाउनलोड उपलब्ध हुनसकेको छैन । वायुमण्डलको अनुसन्धानको काम अझै सुरु हुन सकेको छैन ।


एउटा मौसम मापन केन्द्र । (तस्बिर सौजन्यः काजी विष्ट ।)

 

अनुसन्धानकर्ता तथा सञ्चार माध्यमहरुले निरन्तर रुपमा दबाब दिएपछि नासाले सन् २०२० मा पिरामिड ल्याबको अवस्था र आगामी कार्य पहिचानका एउटा कमिटी गठन गरेको थियो । सो कमिटीले तयार पारेको प्रतिवेदनमा संभव भएसम्म चाँडोलाई ल्याब पुन:संचालनमा ल्याउनु पर्ने सुझाव दिएको छ । ‘हामीले प्रयोगशालाको स्वामित्व लिने विषयको नेतृत्व लिन र नेपाल पैसा तिर्न बाँकी रहेरको उधारो तिर्नका लागि सीएनआर र इभी-के टु-सीएनआरसँग सञ्चारका लागि नाष्टलाई सिफारिस गरेका छौं,’ कमिटी सह संयोजक तथा नाष्टका प्राज्ञ डा मदनलाल श्रेष्ठले भने ।


डा तार्टारी ल्याब सञ्चालनमा हुनेमा आशावादी छन् । इमेल अन्तर्वार्तामा उनले भने, ‘म निश्चित रुपमा यो तथ्यलाई लुकाउन सक्दिन पिरामिडमा अनुसन्धान सञ्चालन गर्न आर्थिक कठिनाईहरु इटालियाली पक्षले एउटा प्रतिवद्ध काममा अवरोध गरेको कारण भएको हो । यति हुँदाहुँदै पनि के भन्न सकिन्छ भने तीन दसकदेखिको सहकार्यले इटालियाली र नेपाली अनुसन्धानकर्ता नजिकको सम्बन्ध बनाउन प्रेरित गरेको छ र इटलीको विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुमा केहीलाई लामो र छोटा तालिमको अवसर पाएका छन्, जसले नेपाली अनुसन्धानको स्तरको क्षमतामा बढाउनका लागि महत्वपूर्ण प्रदान गरेको छ ।’


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान तथा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयले ल्याबलाई कसरी सञ्चालन गर्ने भन्ने विषयलाई गम्भीरताका साथ लिएकोमा जोड दिइएन् । उनले ल्याबलाई उच्च भूभागको अनुसन्धानको ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गर्नुपर्ने बताइन् ।


पिरामिड बाहिर अवतरण भएको कल साइन 9N-AMT भएको एयरबस H125/AS350B3e हेलिकप्टर । यो हेलिकप्टर २३,००० फीट (७,००० मिटर) सम्मको उचाइमा उडान भर्नका लागि निर्माण गरिएको छ । यो हेलिकप्टरले सगरमाथा आधार शिविर क्षेत्रका धेरै उद्धार कार्यमा सहभागिता जनाइसकेको छ । (तस्बिर सौजन्यः काजी विष्ट ।)

२०२२ अप्रिलमा इटालियाली टीमले नास्ट पुगेको थियो र सो स्थानमा अनुसन्धानलाई निरन्तरता दिने सम्बन्धी नयाँ प्रस्ताव गरेको थियो । तर नास्टका अधिकारीरुले यस विषयमा औपचारिक निर्णय गरेका छैनन् । नास्टको वैधानिक अधिकृत डेभेस कोइराला सन् २०२३ सम्ममा प्रयोगशाला सञ्चालनमा आउनेमा आशा व्यक्त गरे ।


यसअघिको सम्झौतामा ल्याबको प्रमुख ‘इभी-के टु-सीएनआर’ पक्षबाट हुने गरेका थिए । नास्टले अहिले प्रमुख नेपालकै हुनुपर्नेमा जोड दिँदै आएको छ । यद्यपी नेपाली अधिकारीहरुले ल्याब आफ्नो सञ्चालन गर्न चाहेका छन, ल्याबको स्थापना, सञ्चालन र विश्वमा उच्च भूभागकोअनुसन्धानको प्रतिक पिरामिड ल्याब बनाउने इटलीको प्राविधिक सहयोग बिना यो चलाउन निकै कठिन छ ।


तीन दशकदेखिको सहकार्यले इटालियाली र नेपाली अनुसन्धानकर्ता नजिकको सम्बन्ध बनाउन प्रेरित गरेको छ र इटलीको विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुमा केहीलाई लामो र छोटा तालिमको अवसर पाएका छन्, जसले नेपाली अनुसन्धानको स्तरको क्षमतामा बढाउनका लागि महत्वपूर्ण प्रदान गरेको छ ।,' -- गिआन्नी तार्टारी नेसनल रिसर्च काउन्सिलको इटालियन वाटर रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता ।

डा सुदीप ठकुरी नेपालको मध्य पश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि स्कुलका डिन हुन् । उनले सगरमाथा क्षेत्रमा रहेका सबै हिमनदीको नक्साकंनसहितको धेरै वटा अनुसन्धान त्यो प्रयोगशालामा गरेका थिए । जसमा पछिल्लो चार दशकमा सगरमाथा क्षेत्रमा ५ सय ११ वटा ताल बनेको पत्ता लगाएका थिए ।


डा ठकुरी पिरामिड बन्द भएकोमा दुख व्यक्त गर्छन । उनले इटालियाली अनुसन्धाकर्ता विना ल्याब सञ्चालन हुन नसक्ने बताउँछन् । ‘अधिकांश प्राविधिक उपकरण र डेटाहरुको विश्लेषणको काम इटालियाली अनुसन्धाकर्ताले गर्दथे । नेपाली अनुसन्धानकर्तालाई तयार परिएन । यस्तो अवस्थाले नेपालले उनीहरुको सहयोग विना यसलाई सञ्चलान गर्न सक्दैन ’ उनले भने ।


जुलाईमा नास्टका प्राज्ञहरुको बैठकमा बीच ल्याब सञ्चालनको विषयमा छलफल भएको थियो । डा श्रेष्ठले ल्याबको वर्तमान अवस्था र त्यसको महत्वको बारेमा अन्य प्राज्ञ तथा वैज्ञानिकहरुलाई जानकारी गराएका थिए । उनीहरुबीच ल्याब सञ्चालनका लागि सहकार्य गर्ने सहमति भएको गियो ।


यसै वर्षको अन्त्यसम्ममा इटलीको टिमसँग सम्झौता भइसक्ने अपेक्षा गरिएको छ । आउन भ्रमणमा आउने अपेक्षा गरिएको छ । अधिकारीहरुले सबै प्रकारको बाँकी रकम तिरेर २०२३को पहिलो महिनाबाटै ल्याब सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।



पिरामिड ल्याबको प्रवेशद्वारमा फरफराँउदै गरेको नेपाली र इभि–केटु–सिएनआरको झन्डा । (तस्बिर सौजन्यः काजी विष्ट । )

 

Support Student-Led Science News

The only student-run newsroom focused on science and society. Our in-depth, data-driven approach, mentorship for early-career storytellers, and multicultural content take time and proactive planning, which is why The Xylom depends on reader support. Your gifts keep our unbiased, nonprofit news site free.
37221767_728738530791315_276894873407822

गोविन्द पोखरेल (Gobinda Pokharel)

काठमाडौंबाट पत्रकारिता गरिरहेका गोविन्द विज्ञान, प्रविधि,वन्यजन्तु,जलवायु परिवर्तन र जैविक विविधतालगायतका विषयमा रिपोर्टिङ गर्छन् । नेपालकै ठूलो दैनिक पत्रिका,कान्तिपुरमा समेत आबद्ध उनी नेपाल विज्ञान पत्रकार समूहका सचिव पनि हुन् ।

bottom of page